ग्रीसमा डुंगा दुर्घटना हुँदा ७८ को मृत्यु
SamacharDesk | २०८० जेठ ३२, बिहिबार

ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । शरणार्थी र आप्रवासीहरु बोकेको डुंगा ग्रीसका दक्षिणी समुद्रको भूमध्य सागरको निकै गहिरो क्षेत्रमा दूर्घटना भएको हो ।
उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको ग्रीसको तटीय सुरक्षा गार्डले बताएका छन् ।
दुर्घटनाको खबर पाए लगत्तै उद्धारमा जुटेका तटीय सुरक्षा गार्डहरुले करीब एक सय जनालाई उद्धार गरेका छन् ।
तीब्र हावाका कारण उद्धारमा कठिनाई भएको भन्दै उद्धारककर्ताहरुले डुंगामा कुन कुन देशका कति थिए भन्ने पत्ता नलागेको बताएका छन् ।
ग्रीसका अधिकारीहरुका अनुसार दुर्घटना परेको डुंगा करीब सय फिट लामो रहेको थियो भने त्यसमा सात सय ५० जना जति शरणार्थीहरु रहेको अपुष्ट खबर दिएका छन् ।
यस्तै डुंगा लिवियाबाट इटालीतर्फ गईरहेको पनि अधिकारीहरुले बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय