arin enterprises

कोलम्बियासँग जर्मनी स्तब्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ६, बुधबार

फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले हार बेहोरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–० गोलले हराएको हो ।

जर्मनीको भेल्टिस् एरिनामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकेको थियो ।

दोस्रो हाफको ५४ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा जुआन काउड्राडोले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई २–० को जित दिलाए ।

Categorized in स्पाेर्ट्स