arin enterprises

कोसोभोको संसद वैठकमा सांसदहरुबीच कुटाकुट

SamacharDesk | २०८० आषाढ २९, शुक्रबार

कोसोभोको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ ।

उत्तरी क्षेत्रका सर्वियन आदिवासीको मुद्दामा संसद बैठकमा भईरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो ।

यसैक्रममा संसद बैठक दुई घन्टाका लागि स्थगित गरिएको थियो ।

कुटाकुट गरिरहेका सांसदहरुलाई रोक्न प्रहरी परिचालन गराई प्रधानमन्त्री कुर्तीलाई प्रहरीले स्कर्टिङ गरी बाहिर निकालिएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय