४० माइक्रोनभन्दा कम प्लास्टिकका वस्तु जफत हुने
SamacharDesk | २०८० श्रावण १४, आइतबार

काठमाडौं महानगरपालिको ४० माईक्रोनभन्दा कम माटाइको प्लाष्टिक महानगरभित्र निषेध गरेको छ ।
महानगरपालिकाले आजदेखि प्लास्टिकको झोलाको उत्पादन, आयात, नक्कली फूल र सजावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ ।
त्यसका लागि महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५० जना नगर प्रहरीलाई माइक्रोन नाप्ने मसिनसहित अनुगमनमा खटाइने छ । प्लाष्टिक नाप्न महानगरले माइक्रोमिटर प्रयोग गर्ने भएको छ ।
सो माईक्रोनभन्दा कम मोटाइको प्लाष्टिक पोलिथिन झोला महानगर प्रमुख बालेन्द्र साहले ती प्लाष्टिकका बस्तुहरुलाई निषेध गर्न महानगरको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्ने बताएका छन् ।
महानगरपालिकाले यही श्रावण १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा, र मालामा प्रतिबन्ध लगाइसकेको छ । बजारमा ४० माइक्रोनमिटर भन्दा कम मोटाइको प्लाष्टिक भेटिए महानगर प्रहरीले जफत गर्ने चेतावनी समेत दिएका छन ।
अनुगमनमा आउनु र जफत गर्नु अघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन समेत महानगरले अनुरोध गरेका छन् ।
यसअघि २०७२ साल बैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो ।
भुकम्पका कारण कार्यन्वयन हुन नसकेपछी सो नियम पुन ब्युँताएर फेरि कार्यन्वयनमा ल्याउन लागिएको हो । नेपालमा झण्डै २ सय वटा प्लास्टिक उद्योग रहेका छन् ।
Categorized in स्थानीय