arin enterprises

इन्जिनियरीङ्ग अध्ययन संस्थानका छात्रालाई दिक्षा (गौरी) हाडा स्मृति पुरस्कार

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ चैत्र २, सोमबार

दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालले इन्जिनियरीङ्ग अध्ययन संस्थान थापाथली क्याम्पसका छात्रालाई दिक्षा (गौरी) हाडा स्मृति पुरस्कारले सम्मान गरेको छ ।

प्रतिष्ठानले क्याम्पसको ६०औं वार्षिकोत्सवको अवसरमा आर्किटेक्चर स्नातक तहको सर्वोत्कृष्ट विद्यार्थी सजल महर्जनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक अर्याल र प्रतिष्ठानका कोषाध्यक्ष विनयराम माथेमाले २०७६ ब्याचवाट सर्वोत्कृष्ट अंकमा उतिर्ण महर्जनलाई रु.२५ हजार नगदसहितको पुरस्कार प्रदान गरे ।

२०७२ सालमा स्व. दिक्षा हाडाले ख्वप इन्जिनियरीङ्ग कलेजबाट आर्किटेक्चर विषयमा स्नातक पहिलो सेमेष्टरमा सर्वोत्कृष्ट अंकमा उतिर्ण भएपनि क्यान्सर रोगका कारण उनको बाकी अध्ययन अपुरो हुन गएको थियो ।

क्यान्सर रोगको कारण २०७५ चैत १२ गते हाडा यो संसारबाट विदा भएकी थिइन ।

दिक्षाको स्मृतिमा यस वर्षदेखि यो पुरस्कार आर्किटेक्चर स्नातक तहवाट सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र वा छात्रालाई प्रत्येक वर्ष प्रदान गरिने प्रतिष्ठानका सचिव लक्ष्मण पलिखेलले बताए ।

यस पुरस्कारले बिद्यार्थीलाई उत्कृष्ट नतिजा ल्याउन उत्प्रेरित गरेको बताउँदै उपकुलपति प्रा.डा. अर्याल र थापाथली इन्जिनियरिङ क्याम्पसका प्रमुख डा. खेम ज्ञवालीले प्रतिष्ठानलाई सधन्यवाद कदर पत्र प्रदान गरेका थिए ।

Categorized in समाज