साफ महिला च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८३ जेठ १८, सोमबार
साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
भारतको गोवास्थित जवाहरलाल नेहरु रङ्गशालामा आइतबार भारत र बंगलादेशबीच समूह ‘बी’को अन्तिम खेलसँगै प्रतियोगीताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
खेलमा भारतले बंगलादेशलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेर सेमिफाइनलमा स्थान पक्का गरेको छ । अब सेमिफाइनलमा भारतले भूटानसँग खेल्ने भएको छ भने नेपालले भने बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने बंगगलादेश समूह ‘बी’ को उपविजेता हो ।
सेमिफाइनलका खेलहरु यहि जेठ २० गते हुने भएको छ । आठौं संस्करणको साफ महिला च्याम्पियनशिपको फाइनल खेल भने यहि जेठ २३ गते हुनेछ ।
साफ महिला च्याम्पियनसीपको पछिल्लो दुई संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो । नेपाल अहिलेसम्म ६ पटक फाइनलमा पुगे पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
Categorized in स्पाेर्ट्स




