ईतिहास रच्दै स्वीडेन क्वाटरफाइनलमा
SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १९, मंगलबार

ईतिहास रच्दै स्वीडने २४ वर्षपछि विश्वकप फुटबलको क्वाटरफाइनल चरणमा पुगेको छ ।
मंगलबार सेन्ट पीटर्सवर्ग रंगशालामा सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० ले हराएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोश्रो हाफ शुरु भएर६६ औं मिनेटमा इमिल फोर्सबर्गले बेल्जियमका लागी गरेको गोल नै स्वीडेनलाइ क्वाटरफाइनल पुर्याउने निर्णायक गोल बन्यो ।
खेललाई बराबरीमा ल्याउन स्वीट्जरल्याण्डले थुप्रै प्रयास गरे । तर स्वीडेनका गोलकिपर ओल्सनले ती प्रयासलाई सफल हुन दिएनन् ।
१२ औं पटक विश्वकप खेलिरहेको स्वीडेन सन् १९९४मा तेस्रो भएपछि क्वार्टरफाइनलमा पनि पुगेको थिएन ।
Categorized in स्पाेर्ट्स