पोखरा महानगरपालिकाले पाए महिला वडाध्यक्ष
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ १०, मंगलबार

पोखरा महानगरपालिका (पोमपा) ले पहिलो महिला वडाध्यक्ष पाएको छ । पोखरा महानगर १७ वडामा नेकपा एमालेकी राधिकाकुमारी शाही निर्वाचित हुँदै महानगरको पहिलो महिला वडाध्यक्ष भएकी छन् ।
सो वडामा शाहीसहित नेकपा एमालेको प्यानलै विजयी भएको छ । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मदेवार देवराज आचार्यलाई ८३ मतान्तरले हराउँदै शाही निर्वाचित भएकी हुन् ।
शाहीले दुई हजार ६२५ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवार आचार्यले दुई हजार ५४२ मत पाएका थिए ।
खुल्ला सदस्य पदमा शिवराम भण्डारी र बिक्रम गुरुङ्ग चुनिएका छन् । भण्डारीले दुई हजार ६६४ मत पाउँदा गुरुङ्गले दुई हजार ६३५ मत पाए ।
विष्णु कुमारी थापा दुई हजार ८५५ मत पाउँदै महिला सदस्य चुनिँदा दलित महिला सदस्यमा दुई हजार ८३० मतसहित तारा परियार निर्वाचित भएकी छन् ।
Categorized in स्थानीय