पोर्चुगल नेसन्स लिगमा समूह ए २ को शीर्ष स्थानमा उक्लियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २७, शुक्रबार

पोर्चुगल युइएफए नेसन्स लिगमा समूह ए २ को शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक गणतन्त्रलाई २–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
पोर्चुगलको जितमा जाआओ क्यान्सेलो र इस्टाडियो गोन्सेलो गुडेसले गोल गरे । खेलको ३३औं मिनेटमा क्यान्सेलोले बर्नेडो सिल्भाको पासलाई सदुपयोग गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
यस्तै, ३८औं मिनेटमा गुडेसले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै अग्रता दोब्बर बनाए । समूहमा अपराजित रहेको पोर्चुगलले दुई खेलमा जित निकाल्दा एकमा बराबरीको नतिजा निकालेको छ।
यस्तै, समान खेलबाट चार अंक जोडेको चेक तालिकाको तेस्रो स्थानमा छ।
Categorized in स्पाेर्ट्स