arin enterprises

सानेपा राजतीर्थ विकास समाजको निःशुल्क स्वास्थ्य शिविर

SamacharDesk | २०८१ आषाढ १०, आइतबार

“स्वस्थ समाजका लागि स्वस्थ जीवन” नाराका साथ सानेपा राजतीर्थ विकास समाजले एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शनिबार सम्पन्न गरेको छ ।

सो विकास समितिको आयोजनामा बुद्धमाई फाउण्डेशन तथा बुद्ध माई (मिनिमल एक्सेस सेन्टर)को प्राविधिक सहयोगमा सानेपा वडा २ स्थित रेडियन्ट रिडर्स एकेडेमी परिसरमा शनिबार वृहत निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

बुद्धमाई अस्पतालका प्रबन्ध निर्देशक डा. दिपक राज सिंहको नेतृत्वमा १५ जना चिकित्सक तथा ७ जना नर्सहरुको टोलीले ३५३ जनाको विभिन्न ११ प्रकारका रोगको स्वास्थ्य परीक्षण गरेका थिए ।

निःशुल्क शिविरमा चिकित्सहरुले स्त्रीरोग, बालरोग, चर्म रोग, नाक–कान–घाँटी र चिरफार सम्वन्धि विरामीहरुको उपचार गरेका थिए ।

अत्यन्त व्यवस्थित रुपमा संचालन वृहत स्वास्थ्य शिविरको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष राजेश कुमार महर्जनले गर्नुभएको थियो ।

सो अवसरमा उहाँले कुनै पनि रोगको परिक्षणको लागि जुनसुकै अस्पतालमा गएर उपचार गरे पनि ३ हजार घटीमा उपचार हुन गाह्रो रहेको अवस्थामा समाजले यसरी विभिन्न रोगको एकै थलोमा निःशुल्क परिक्षणको सेवा प्रदान गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

यसैगरि सानेपा राजतीर्थ विकास समाजका अध्यक्ष रमेश नकर्मीले टोलवासीको हकहीतको संरक्षण र प्रवद्र्धनका लागि पिउने पानी, ढल विकास, सामाजिक सुरक्षा लगायतको क्षेत्रमा आगामी दिनमा पनि कार्य गर्दै जाने बताउनुभयो ।

संस्थाले समाजमा आइपर्ने समस्याहरु र गर्नुपर्ने सुधारका कामहरुबारे स्थानीय निकायसंग समन्वय गर्दै काम गर्दै जाने बताउनुभयो ।

समाजमा रहेका विसंगतिहरुलाई हटाउदै समाजका लाागि केहि गर्नुपर्छ भन्ने उद्देश्यले राजतीर्थ विकास समाज स्थापना भएको हो ।

Categorized in समाज