arin enterprises

पीएसजी छोड्दै रामोस

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २०, शनिबार

पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर सर्जियो रामोसले क्लब छाड्ने भएका छन् ।

स्पेनिस खेलाडि रामोसले सामाजिक संजालबाट आफुले पीएसजी छाड्ने पुष्टि गरेका हुन् । ३७ वर्षीय रामोसले शनिबार पीएसजीका लागि अन्तिम खेल खेल्ने छन् ।

पीएसजीले सिजनको अन्तिम खेलमा क्लेरमोन्ट फुटविरुद्ध खेल्नेछ । रामोसले ट्विटरमा भोलि एक विशेष दिन हो र मेरो जीवनको अर्को चरणलाई बिदाइ गर्छु पीएसजीलाई अलविदा भन्दै ट्वीट गरेका छन् ।

उनी सन् २०२१ मा रियल म्याड्रिडबाट पीएसजी आएका थिए  । रामोसले पीएसजीका लागि ५७ खेल खेल्दा पीएसजीका लागि दुई लिग उपाधि जितेका छन् ।

Categorized in स्पाेर्ट्स