सांसद विकास कोष विरुद्ध रास्वपाले दर्ता गर्यो संकल्प प्रस्ताव
SamacharDesk | २०८० जेठ १९, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजीका लागि संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्रमा सांसदको योजनामा बजेट दिने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ ।
असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्यूँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको भन्दै रास्वपा सांसहरुले यो कार्यक्रममाथि संसदमा छलफल गराउन खोजेको बताएका छन् ।
रास्वपाले यस शीर्षकमा विनियोजन भएको बजेट तत्काल अन्य आवश्यक विकास निर्माणका कार्यमा परिचालन गर्नुपर्ने पार्टीको माग छ ।
बिहीबार संघीय संसद सचिवालयमा पुगेर सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ,सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा।तोसिमा कार्की लगायतले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
संकल्प प्रस्तावमा पार्टीले संसद विकास कोष खारेज गर्नुपर्ने तीनवटा कारणहरु उल्लेख गरेको छ । अर्थतन्त्र हराशयी भएको, विकेन्द्रीकरणको अवधारणा विरुद्ध रहेको, भ्रष्टाचारलाई बढावा दिने लगायत तर्क पार्टीले गरेको छ ।
अर्थतन्त्र धरासायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुननसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटी दोहन हुने रास्वपा सांसदहरुको निष्कर्ष छ ।
Categorized in राजनीति