arin enterprises

रियलले बेलिङघमलाई १०३ मिलियन युरोमा किन्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २५, बिहिबार

स्पेनिस क्लब रियल म्याड्रिड इंग्ल्यान्डका जुड बेलिङघम अनुबन्धका लागि सहमत भएको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्डका मिडफिल्डरलाई १ सय ३ मिलियन युरोमा अनुबन्ध गर्नका लागि रियल सहमत भएको हो ।

डर्टमन्डले एक विज्ञप्तिमा जारी गर्दै रियलले १ सय ३ मिलियन यूरो तिर्न सहमत भएको जनाएको छ। उनले छ वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

सन् २०२० को जुलाईमा बेलिङघम सिटीबाट डर्टमण्डमा आबद्ध भएका १९ वर्षीया बेलिङघमले ग वर्षको विश्वकपमा इङ्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

गत वर्ष अक्टोबरमा १९ वर्षको उमेरमा क्लबको सबैभन्दा कान्छो कप्तान बन्दै इतिहास रचेका छन् । बेलिङघमको केहि दिनमा मेडिकल हुने बताईएको छ ।

बेलिङघमले यस सिजन आफ्नो क्लबका लागि ४२ खेलमा १४ गोल र सात असिस्ट गरेका थिए ।

यसअघि म्यानचेस्टर सिटी र लिभरपुल पनि बेलिङघम भित्र्याउन उत्सुक थिए । गत अप्रिलमा लिभरपुलले रकममा कारणले बेलिङघमलाई अनुबन्ध गर्ने दौडबाट बाहिरिएको थियो ।

Categorized in स्पाेर्ट्स