arin enterprises

एमबाप्पे अनुबन्धका ठूलो रकम तिर्दै रियल म्याड्रिड

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३१, बुधबार

केलियन एमबाप्पे अनुबन्धका लागि स्पेनिस क्लब रियल म्याड्रिडले ठूलो रकम खर्च गर्न तयार भएको देखिएको छ ।

फ्रेन्च संचार माध्यमले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एमबाप्पे अनुबन्ध गर्न रियलले २ सय मिलियन युरो खर्च  तयार देखिएको जनाएको हो ।

२४ वर्षीय एमबाप्पे अनुबन्ध गर्नका लागि रियल लामो समयबाट लागि परेको छ  । पीएसजीसँग फ्रेन्च फरवार्डको सम्झौता आगामी सकिदैछ ।

एमबाप्पेले पीएसजीलाई सम्झौता नवीकरण नगर्ने पत्र पठाएका छन् ।

एमबाप्पेलाई फ्री ट्रान्सफरमा गुमाउनु पर्ने सम्भावना देखिएपछि पीएसजीले बेच्ने तयारी थालेको छ ।

पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पे सन् २०१७ मा मोनाकोबाट क्लब आएका थिए ।

Categorized in स्पाेर्ट्स