रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १५, आइतबार

स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिबार राति पेरिसमा भएको फाइनल खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराउँदै यो सिजनको युइएफए च्याम्पियन्स उपाधि जितेको हो ।
स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जिताउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । उनले खेलको ५९ औं मिनेटमा जुनियरले फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।
त्यसअघि खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोल अफसाइड रह्यो ।
यस्तै लिभरपुलका धेरै आक्रामक प्रहारलाई रियलका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाऊ गरे ।
यो रियलको १४ औं च्याम्पियन्स लिग उपाधि हो । पछिल्लो पटक उसले २०१७रु१८ को सिजनमा लिभरपुललाई नै हराएर उपाधि जितेको थियो ।
यो सहित रियलले पछिल्लो ९ सिजनमा पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको छ ।
लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो भएको छ ।
Categorized in स्पाेर्ट्स