arin enterprises

बर्षायाममा सडक खनेमा कारबाही हुने

SamacharDesk | २०८० जेठ २५, बिहिबार

वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ। आज सडक विभागले एक सूचना प्रकाशित गर्दै असार १ गदेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो । 

वर्षायाममा अन्य संरचना समेत बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ जारी सुचनामा भनिएको छ ।

सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने जनाएको हो ।

 

Categorized in राष्ट्रिय