अलजजिराका पत्रकार सिरिन अबुको गोली हानी हत्या
SamacharDesk | २०७९ बैशाख २८, बुधबार

अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ ।
प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया सिरिनलाई पश्चिम किनारामा हिजो इजरायली सेनाले गोली हानेको हो । तर इजरायली सेनाले भने पत्रकार सिरिनलाई भीडभित्रबाट गोली हानिएको दाबी गरेको छ ।
केही समय यता तनाव बढिरहेको पश्चिम किनाराको जेनिन सहरमा उनी रिपोर्टिङका लागि गएकी थिइन् । घटनामा अर्का पत्रकार अली समोदी पनि घाइते भएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय