arin enterprises

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई सहयोग

SamacharDesk | २०७९ जेठ १९, बिहिबार

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ साढे ३० लाख रकम सहयोग गरेको छ ।

किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्यका साथ अघि बढिरहेको किशोरी प्रोजेक्टलाई उक्त रकम एकम कार्यक्रमका बीच प्रदान गरिएको छ ।

सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहले ओपन नलेज नेपालका सिइओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो ।

उक्त सहयोगबाट ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुको विकास तथा प्रवद्र्धनका लागि लक्षित रहने शेक्वेल फाउण्डेसनले बताएको छ । 

यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड”संग मिल्दोजुल्दो छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको प्रमुख प्रनु सिंहले बताउनुभयो ।

Categorized in बिजनेस