सुकुन्दा र्यालीको आयोजना हुने
SamacharDesk | २०८१ कार्तिक १२, सोमबार

काठमाडौं १९ वडास्थित इन्द्रविनायक क्लबले हरेक वर्ष झैं यस वर्ष पनि लक्ष्मीपूजाको दिन सुकुन्दा र्याली निकाल्ने भएको छ ।
नेपाल राष्ट्रिय खड्गी समाज १९ वडा शाखा, झीगु इनाय् त्वाः ल्यायम्ह पुचः, संयुक्त युवा क्लब र ध्वखा फल्चा पुचःको संयुक्त आयोजनामा न्हूदँ ११४५ तथा तिहार पर्वको अवसरमा र्यालीको आयोजना गरेको हो ।
आयोजकका अनुसार कात्तिक १३ गते दिउँसो ४ः३० बजे १९ वडास्थित इन्द्रविनायक क्लब प्रांगणमा भेला हुन अनुरोध गरिएको छ ।
सुकुन्दा र्याली इन्द्रसभा मार्गबाट सुरु भई नगरको परिक्रमा गरी सोही स्थानमा आएर समापन हुने जनाइएको छ ।
Categorized in समाज