arin enterprises

वडा कार्यालयमै चोरी

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २३, सोमबार

काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको ५ नम्बर वडा कार्यालयमा चोरी भएको छ ।

गए राति गोलढुङ्गास्थित वडा कार्यालयबाट कम्प्यूटर ३ सेट र सिसि टिभिको हार्डडिक्स १ थान चोरी भएको हो ।

उक्त वडा कार्यालयबाट करिब २ लाख ८० हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिहरु हाल फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध