arin enterprises

‘आयोगको निर्णय कार्यान्वयन नभए आन्दोलन’ अध्यक्ष पुतुवार

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ फाल्गुण ४, सोमबार

नेवाः देय् दबू जामाच्व नगर समिति कार्य सम्पादनतर्फ काठमाडौं जिल्लाभर  ११ नगर समितिमध्ये उत्कृष्ट छनौट भएकोमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नागार्जुन नगरपालिकामा नेपाल भाषा, संस्कृति संरक्षण प्रवर्ध्दन र मातृभाषा शिक्षाको लागि पहलकदमी गर्दै आएको दबू जामाच्व नगर समिति काठमाडौं जिल्लाभरमा उत्कृष्ट छनौट भएको हो ।

कार्यक्रममा बोल्दै नगर समितिका वरिष्ठ उपाध्यक्ष विश्व राम बलामीले नागार्जुनको नेपाल भाषा स्थाननाम जामाच्व रहेको हँंदा नगरपालिकाको नाम नै नेपाल भाषामा जामाच्व नगरपालिका प्रयोगमा ल्याउनु पर्ने माग गरे ।

देय् दबू काठमाडौं जिल्ला समितिका अध्यक्ष धन बहादुर तिमिला महर्जनले जामाच्व नगर समितिको शसक्त एवं अनुकरणीय भूमिकाको कदर गर्न पाउँदा खुसी लागेको बताए ।

सोही कार्यक्रममा तेज बहादुर मानन्धरको अध्यक्षतामा ९ सदस्यीय जामाच्व नगर ६ नं. वडा समिति गठन गरिएको छ ।

जामाच्व नगर समितिका अध्यक्ष अजित पुतुवारले नव गठित वडा समितिका पदाधिकारीलाई भाषा, लिपि र संस्कृति प्रवर्ध्दनमा सधैं साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

साथै देय् दबू जामाच्व नगर समितिको पहलकदमीमा आदिवासी जनजाति आयोगको निर्णय, सिफारिस समयमा कार्यान्वयन नभए आन्दोलन एवं दबाबमूलक कार्यक्रम गरिने उद्घोष पनि अध्यक्ष पुतुवारले गरे ।

गत माघ २४ गते देय् दबूको काठमाडौं जिल्ला समिति स्थापनाको १६औं बार्षिकोत्सव कार्यक्रममा काठमाडौं जिल्लाभर २०८२ सालमा कार्य सम्पादनतर्फ उत्कृष्ट समितिमा जामाच्व नगर समितिलाई सम्मान गरेको थियो ।

उक्त  कार्यक्रममा दबूका निवर्तमान केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्रकारले जामाच्व नगर समितिका अध्यक्ष पुतुवारलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

Categorized in समाज