arin enterprises

“मचाति जात्रा” अर्थात् त्रिशुल जात्रा मनाइयो

SamacharDesk – राम डंगोल | २०८० जेठ २९, सोमबार

त्रिशुल जात्रा अर्थात् स्थानीय भाषामा “मचाति जात्रा” हिजो आइतबार सम्पन्न भएको छ ।

नेपाल संबत तछलागा, भलाष्टमीको दिन पशुपतिनाथ को देवपतन (ग्वलः) र पशुपतिको जय बागेश्वेरीमा नेवार समुदायले हरेक वर्ष धुमधामले मनाउने गर्दछ ।

आइतवार बेलुकी जय वागेश्वरी भन्दा केही माथि रहेको सत्तलबाट दुई कन्या केटी र एक कुमार केटालाई त्रिशुलमा घोचेर खटमा राखेर नगर परिक्रमा गराइयो । स्थानीय भाषामा यसलाई “मचाति जात्रा” भनिन्छ ।

अहिले भने यस जात्रालाई त्रिशुल जात्रा भनेर भन्ने गरिन्छ । यो जात्रा जय वागेश्वरीबाट सुरु हुने गर्दछ । जात्रामा दायाँ बायाँ दुई कन्या केटीहरु राखिन्छ भने बीचमा कुमार केटा राख्ने गरिन्छ ।

दुई जना कन्या वागेश्वरी र कुमारीका प्रतिक हुन भने कुमार भने भैरवका प्रतिक हुन् प्रत्येक वैशाख पूर्णिमाका दिन जय वागेश्वरी जयन्तीमा हुने पूजाका दिन सहभागी हुने मध्ये दुई कन्या र एक कुमारलाई जात्राका लागि छान्ने गरिन्छ ।

किंबदन्ती अनुसार ग्वल क्षेत्रको बच्चाहरुलाइ राक्षसहरुले खाने गरेको र सोहि क्रममा, बदला स्वरुप राक्षसहरुको बच्चाहरुलाई पनि त्रिशुलमामा रोपी आइन्दादेखि बच्चाहरुलाइ नखाने सर्तमा छोडिएको र सोहि स्मरण गर्दै यस जात्रा मनाउन थलिएको भन्ने भनाइ छ भने ग्वल देश (हालको जय बागेश्वरी क्षेत्र)को बन्धुदत्त आचार्यको (तान्त्रिक) काठमाडौँकी श्रीमतीको अविश्वासको कारणले मृत छोरालाई बचाउन असफल भएकोले यस दिन ग्वलवासीहरुले काठमाडौँ सहरको भित्रि बासिन्दाहरुलाई “यमी” गाली गर्ने चलन पनि रही आएको छ ।

यस जात्रा राजा यक्ष मल्लले नेपाल सम्बत ६३४ देखि चलाएको मानिन्छ । जात्रा सर्वप्रथम श्री बत्छलेश्वोरीका पुजारी मुनिबंधु जो साधक र तन्त्रिकाचार्य पनि हुन् उहाँले नै यो जात्रा को सुरुवात गर्नु भएको मान्यता रहेको छ ।

तान्त्रिक बिधि बिधानद्वारा नौ प्रकारको रथ बने मुसल, संख, त्रिशुल, खड्का पशकुन्त, बलि छरी आदि आयुधलेयुक्त गरी कुमार र कुमारी नौ जनालाई रथमा राखी आषाढकृष्ण अष्टमीको दिन श्री इशानेश्वर महादेवको प्रदछिना गरि जात्रा गर्ने रीत चलाएका थिए ।

तर आर्थिक अभावका कारण हाल तिन ओटा खतमा मात्रै यस जात्रा सिमित भएको छ । नियम अनुसार गणेश, भैरब र कुमारका साथै ९ कुमारीहरु हुनुपर्ने हो तर कुमारीको लागि सर्बलक्षणयुक्त र शरीरबाट कुनै रक्तश्राब नभएकी कन्या हुनुपर्ने कठिनाईले गर्दा नौ रथको सट्टा तिनवटा रथमा सिमित भएको बताइन्छ ।

श्री जयबागेश्वरीको भण्डार तहबिलबाट एउटा खतमा गणेश, कुमार र कुमारी राखी खट उठाइन्छ, अर्काे एउटा खटमा कुमार मात्र राखी पशुपतिको बज्र घरबाट उठाइन्छ भने तेश्रो खट श्री बत्श्लेश्वरी नजिक रहेकी जयमंगलदेवीको स्थानबाट उठाउने गरिन्छ ।

भलाष्टमीका दिन यस पर्व आइतबार पनि स्थानीय बाजागाजाका साथ राक्षसमाथि विजय भएको खुसियालीमा धुमधामसँग त्रिशुल मनाइयो । 

Categorized in संस्कृति