arin enterprises

भर्जिनियाको एक विद्यालयमा गोली प्रहार, २ को मृत्यु

SamacharDesk | २०८० जेठ २४, बुधबार

अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् ।

भर्जिनियाको रिचमण्डस्थित ह्युगोनट हाइस्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षिय किशोरले गोली प्रहार गरेका हुन् ।

कार्यक्रम स्थल भन्दा केही परको पार्कबाट उनी गोली प्रहार गर्दै समारोह स्थलतर्फ अघि बढेका थिए । मारिनेमा केही मिनेट अघि मात्रै दीक्षित भएका १८ बर्षिय विद्यार्थी र अर्का ३६ बर्षिय पुरुष रहेका छन् ।

गोली प्रहार गर्ने किशोरलाई पक्राउ गरेको र उनको साथबाट थुप्रै हाते बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । मृतक, घाइते र आक्रमणकारीको परिचय खुलाइएको छैन । घटनामा अन्य थुप्रैलाई गोली लागे पनि सख्त घाइते पाँच जना रहेको प्रहरीको भनाइ छ ।

गोली लागेर सामान्य घाइते भएका नौ जना पनि अस्पताल आएको अस्पतालहरुले जनाएका छन् । गोली प्रहारपछि विद्यार्थीलाई प्रमाणपत्र दिने क्रम रोकिएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय