युक्रेन विद्यालयमा बम हमला हुँदा ६० को मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २६, सोमबार

युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम हमलामा ६० जनाको मृत्यु भएको छ ।
युक्रेनको पूर्वी शहर लुहान्समा रहेकोे एक विद्यालय लक्षित बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले पुष्टी गर्नुभएको छ ।
उहाँले यो घटना क्रुर भएको भन्दै रुसको घृणित कार्यप्रति खेद प्रकट गर्नुभएको छ । रुस र युक्रेन युद्ध जारी रहेका बेला आश्रय लिएर बसेकाहरुमाथि रुसी सेनाले आक्रमण गरेको युक्रेनको आरोप छ ।
९० जना रहेको विद्यालयमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ भने ३० जनाको उद्धार गरिएको छ । घटनामा उद्धार गरिएकाहरु मध्ये केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
आक्रमणका कारण विद्यालय पूर्णरुपमा नष्ट भएको छ । यसैबीच रुसी सेनाले युक्रेनको लहान्स्क शहरमा घेरा हाल्न खोज्दा युक्रेनी र रुसी सेनाबीच युद्ध जारी छ । पछिल्लो समय युक्रेनको अधिकांश क्षेत्र रुसी सेनाको घेराबन्दीमा परेको छ ।
Categorized in अन्तर्राष्ट्रिय