arin enterprises

कामपा २७ वडा पनि गुमायो एमालेले

SamacharDesk – बिराज | २०७९ जेठ ७, शनिबार

नेकपा (एमाले) ले २०७४ सालमा जितेको काठमाडौं महानगरपालिका वडा नम्बर २८ पनि गुमाएको छ । कामपा २८ वडामा यसपालि नेपाली काँग्रेसले झण्डा गाडेको छ ।

कामपा २७ वडामा ७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचन जित्दै वडाध्यक्ष बनेका चिनियाँमान बज्राचार्यलाई नेपाली काँग्रेसका योगेश कुमार खड्गीले पराजित गरेका छन् ।

खड्गी एक हजार ५४१ मत प्राप्त गर्दै २७ वडाको वडाध्यक्ष चुनिँदा निवर्तमान वडाध्यक्ष बज्राचार्यले एक हजार ३०३ मत पाए ।

खुल्ला वडा सदस्यमा दिनेश श्रेष्ठ र धर्म प्रजापति निर्वाचित भएका छन् । श्रेष्ठ एक हजार ४३५ मतसहित निर्वाचित हुँदा अर्का विजयी वडा सदस्य उम्मेदवार प्रजापतिले एक हजार ३०१ मत पाए ।

एक हजार ४९८ मतसहित श्रृष्टि कंसाकार महिला सदस्यमा निर्वाचित भइन् । दलित महिला सदस्यमा भने नेकपा एमालेकी प्रभा परियार यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

Categorized in स्थानीय