arin enterprises

कामपा १८ मा पनि एमालेको प्यानलै विजयी

SamacharDesk – बिराज | २०७९ जेठ ११, बुधबार

काठमाडौं महानगरमा अहिले भित्री वस्तीहरुमा भने नेकपा एमालेको प्यानलले विजयी झण्डा गाड्न थालेको छ । कामपा १८ वडामा पनि नेकपा (एमाले) को पुरै प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा निवर्तमान वडाध्यक्ष न्हुछेँकाजी महर्जन नै यस पटक पनि निर्वाचित भएका छन् । महर्जन एक हजार २९३ मतसहित वडाध्यक्ष निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार राजन महर्जनले ७७१ मत पाए ।

खुल्ला सदस्यमा हेमज्योती शाक्य र रचना शर्मा निर्वाचित भए । वडा सदस्यद्वयमध्ये शाक्यले एक हजार २२४ मत पाउँदा शर्माले एक हजार १२८ मत प्राप्त गरिन् ।

महिला सदस्यमा एक हजार ३५१ मतसहित हेराशोभा डंगोल (महर्जन) विजयी भइन् । दलित महिला सदस्य पदमा भने अम्बिका सुनार यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

Categorized in स्थानीय