arin enterprises

कामपा वडा २१ मा एमाले प्यानल निर्वाचित

SamacharDesk – बिराज | २०७९ जेठ १०, मंगलबार

काठमाडौं महानगरको प्राय वडाहरुमा धमाधम नेपाली काँग्रेसको प्यानलै निर्वाचित भइरहेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नम्बर २१ वडाले भने नेकपा (एमाले) लाई केही राहत दिएको छ ।

कामपा वडा २१ मा नेकपा (एमाले) को प्यानलै निर्वाचित भएको छ ।

यस वडामा निवर्तमान अध्यक्ष उदय चुडामणि बज्राचार्य नै फेरी निर्वाचित भएका छन् । दुई हजार एक मत प्राप्त गर्दै बज्राचार्य फेरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मदेवार मधुसुदन प्रधानले एक हजार ५१३ मत पाए ।

वडा सदस्यद्वयमा न्हुछेँदेवी महर्जन र श्याम शाक्य निर्वाचित भएका छन् । महर्जनले एक हजार ८४७ मत पाए भने शाक्यले एक हजार ७९३ मत प्राप्त गरे ।

महिला सदस्यमा निर्वाचित ज्ञानु डंगोल (महर्जन) ले दुई हजार चार मत पाए । दुई हजार एक सय मतसहित रिना नेपाली दलित महिला सदस्यमा निर्वाचित भइन् । 

Categorized in स्थानीय