कामपा वडा ४ मा एमालेको प्यानलै विजयी
SamacharDesk – बिराज | २०७९ जेठ ५, बिहिबार

काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा नेकपा –एमाले) को पुरै प्यानल विजयी भएको छ ।
वडा अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार दिनेश महर्जन ४ हजार ६०४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद न्यौपानेले दुई हजार २८९ मत प्राप्त गरेका थिए ।
खुल्ला वडा सदस्यमा एमालेकै उम्मेदवारद्वय नवीन मैनाली र सरु अधिकारी निर्वाचित भएका छन् । मैनालीले ३ हजार ४५८ मत पाउँदा अधिकारीको प्राप्त संख्या ३ हजार २६७ रहेको छ ।
महिला वडा सदस्यमा निर्वाचित हुने एमालेकी उम्मेदवार सन्ध्यादेवी खनालले ३ हजार ९४९ मत प्राप्त गरिन् ।
त्यस्तै दलित महिला सदस्यमा एमालेकी कल्पना कार्की (वयलकोटी) ३ हजार ८३५ प्राप्त गर्दै निर्वाचित भइन् ।
Categorized in स्थानीय