arin enterprises

इजरायली सेनालाई पत्रकार हत्याको जिम्मेवारी लिन लगाउन आग्रह

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख २८, बुधबार

 अल जजीराले इजरायली सेनालाई पत्रकार शिरिन अबु अकलेहको हत्याको जिम्मेवारी लिन लगाउन आग्रह गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै अल जजीराले पत्रकार शिरिनको हत्याको निन्दा गर्नुका साथै इजरायली सेनालाई घटनाको जिम्मा लिन लगाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको हो । घटनापछि विश्व समुदायबाट पत्रकार हत्याको निन्दा हुँदैछ ।

यसैबीच ‘ह्युमन राइट्स वाच’का लागि इजरायल र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले इजरायली सेनाबाट शिरिनको हत्या कुनै नौलो घटना नभएको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय यस क्षेत्रमा इजरायली सेनाले अरु प्यालेस्टाइनी पत्रकारको पनि हत्या गरेको बताइएको छ । घटनाबारे अनुसन्धान गरिनुपर्ने भन्दै आवाज उठीरहेका छन् ।

घटनामा अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी पनि गोली लागी घाइते भएका छन् । अहिले उनको अवस्था स्थीर रहेको मन्त्रालयले जानकारी दिएको छ ।

इजरायली फौजको कब्जामा रहेको पश्चिम किनारमा ५१ वर्षीया पत्रकार सिरिनको गोली हानी हत्या भएको हो । पश्चिम किनारस्थित जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे रिपोर्टिङ गरीरहँदा उनलाई गोली हानेर हत्या गरिएको हो ।

हेलमेटको साथमा स्पष्ट देखिने गरी ‘प्रेस’ लेखिएको भेस्ट लगाएर समाचार संकलन गरिरहेकी शिरिनलाई गोली हानिएको थियो ।

*यस अघि प्राविधिक गलतीवश असम्पादित समाचार पोस्ट हुन गएकोमा सच्याइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय