arin enterprises

आफ्नै पतिको हत्या आरोपमा पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २३, सोमबार

आफ्नै पतिको हत्या गरेको अभियोगमा दाङमा एक जना महिला पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना श्रीमान ३० वर्षीय पंकज गुप्ताको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका १४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानमा गायत्रीले सिलौटाको लोरा प्रहार गरी आफ्ना पति पंकजको हत्या गरिएको देखिएको प्रहरीले बताएको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले गायत्रीलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध