विश्व टेस्ट च्याम्पियनसिपको उपाधी अष्ट्रेलियालाई
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २९, सोमबार

अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ । सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ९ रनले पराजित गरेको हो ।
अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा २ सय ३४ रन मात्र बनाउँदै अलआउट भयो । भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित ४९ रन बनाए ।
कोहली र अजिंक्या रहाणेले चौथो विकेटका लागि ८६ रनको साझेदारी गर्दै भारतलाई खेलमा फर्काउने कोशिश गरेको थियो । तर, ४७ औं ओभरमा स्कट बोल्यान्डले लगातार दुई विकेट लिए पछि अष्ट्रेलिया खेलमा हाबी भएको थियो ।
राहाणेले १ सय ८ बलमा ४६ रन बनाएका थिए । कप्तान तथा ओपनर रोहित शर्माले ६० बलमा ४३ रन बनाउँदा विकेटकिपर केएस भरतले ४१ बलमा २३ रन बनाए । चेतेश्वर पुजारा ४७ बलमा ५ चौकासहित २७ रनमा जोड्डै आउट भए ।
बलिंग तर्फ अष्ट्रेलियाका नाथन लायनले ४ तथा स्कट बोल्यान्ड ३ विकेट लिए र मिचेल स्टार्कले आफ्नो नाममा २ विकेट लिए ।
त्यसअघि अष्ट्रेलियाले चौथो दिन दोस्रो इनिङ्समा ८ विकेट गुमाउँदै २ सय ७० रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
पहिलो इनिङमा १ सय ७३ रनले पछि रहेको भारतले ४ सय ४४ रनको लक्ष्य पाएको थियो । दोस्रो ईनिङ्समा अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी १ सय ५ बलमा ८ चौकासहित अविजित ६६ रन बनाए ।
मिचेल स्टार्क ५७ बलमा ७ चौकासहित ४१ रनमा आउट भए । सातौं विकेटका लागि केरी र स्टार्कले ९३ रनको साझेदारी गरेका थिए ।
मार्नस लाबुसेन १ सय २६ बलमा ४१ र क्यामरन ग्रीन २५ रनमा आउट हुँदा स्टिभ स्मिथ ३४ र ट्रविस हेड १८ रन बनाउँदै आउट भए ।
भारतका रविन्द्र जडेजाले ३ तथा मोहम्मद शामी र उमेश यादवको नाममा समान २\२ विकेट रह्यो ।
यसअघि भारत पहिलो इनिङमा २ सय ९६ रनमा अलआउट भएको थियो । भारतका अजिंक्या रहाणेले १ सय २९ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८९ रनको योगदान दिए ।
शार्दुल ठाकुर १ सय ९ बलमा ६ चौकासहित ५१ रनमा आउट भए । सातौं विकेटका लागि रहाणे र ठाकुरले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए ।
रविन्द्र जडेजा ५१ बलमा ७ चौका र १ छक्कासहित ४८ र कप्तान रोहित शर्मा १५ बनाए । शुभमन गिल १३ तथा विराट कोहली र चेतेश्वर पुजाराले समान १४\१४ रनमा बनाए ।
अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ३ तथा मिचेल स्टार्क, क्यामरन ग्रीन र स्कट बोलान्डले समान २\२ विकेट लिए भने नाथन लायनले एक विकेट लिए ।
त्यसअघि इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको गरेको अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ६९ रनमा अलआउट भएको थियो ।
अष्ट्रेलियाका लागि ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित १ सय ६३ रनको सानदार शतकीय पारि खेले ।
स्टिभ स्मिथले पनि २ सय ६८ बलमा १९ चौकासहित १ सय २१ रन सहित शतकीय पारि खेले । । चौथो विकेटका लागि स्मिथ र हेडले ४ सय ८ बलमा २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले विशाल योगफल बनाएको थियो ।
एलेक्स केरी ६९ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । ओपनर डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३ तथा मार्नस लाबुसेन २६ रन बनाए ।
भारतका मोहम्मद सिराजले ४ तथा मोहम्मद शामी र शार्दुल ठाकुरको नाममा समान २/२ विकेट लिए ।
Categorized in स्पाेर्ट्स