आज काठमाडौंमा सबैभन्दा चिसो
SamacharDesk – विकाश | २०७६ पौष १२, शनिबार

काठमाडौंमा आज शनिबार यो वर्षकै सबैभन्दा चिसो तापक्रम मापन गरिएको छ ।
काठमाडौंमा शनिबार बिहान ८ः४५ बजे न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस मापन भएको हो । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो ।
बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.९ डिग्री थियो ।
साथै, मौसम विज्ञान विभागले तापक्रम घट्ने क्रम जारी रहने पनि जनाएको छ । चिसोबाट बच्न सतर्कता अपनाउन विभागले सुुझाव दिएको छ ।
Categorized in राष्ट्रिय