arin enterprises

एमसीसीबारे अमेरिकी विदेश मन्त्रालयको चेतावनी अनुमोदन नभए सम्बन्धमा असर पर्ने

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ३, मंगलबार

केही दिन अगाडि एमसीसी अनुमोदनका लागि दबाब दिन थालेको एमसीसीले फेरि सम्झौताबारे अमेरिकाको विदेश मन्त्रालयले नै मुख खोलेको छ ।
यही फागुन १६ भित्र संसदबाट सम्झौता अनुमोदन नभए नेपाल—अमेरिका सम्बन्ध प्रभावित हुने चेतावनी अमेरिकी विदेश मन्त्रालयबाटै आएको छ ।
विदेश मन्त्रालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम अधिकार भए पनि सम्झौता अनुमोदन नहुँदा द्विपक्षीय कुटनीतिक सम्बन्धमा प्रभाव पर्ने बताएको हो ।
भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अरु कुनै तेस्रो देशको प्रभाव र नेपालमा ब्याप्त भ्रष्टाचारका कारण एमसीसी सम्झौता पारित गर्न ढिलाई भइरहेको भन्दै त्यसो हुनु दुर्भाग्यपूर्ण हो भनेका छन् ।
एमसीसी अनुमोदन नहुनु नेपाल र नेपाली जनताका लागि ठूलो क्षतिको विषय हुने पनि उहाँको जिकीर छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी बोर्डलाई पत्र लेखेर सम्झौता अनुमोदनका लागि मागेको समय पूरा भएको भन्दै उक्त अवधिभित्र सम्झौता अनुमोदनका लागि अमेरिकाले औपचारिक र अनौपचारिक रुपमा नेपालको नेतृत्वलाई सूचित गरिसकेको पनि उहाँको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एमसीसी परियोजनाविरुद्ध नेपालमा भ्रमपूर्ण सूचना फैलाउन चीनले लगानी र प्रोत्साहन गरेको दाबी पनि गरेका छन् ।

Categorized in राष्ट्रिय