arin enterprises

एमसीसी सम्झौतामाथि आजदेखि प्रतिनिधिसभामा छलफल

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १२, बिहिबार

अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु हँुदैछ ।

अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि नै नेपाल सरकारलाई अल्टिमेटम दिइसकेको छ । एमसीसी सबै दलको सहमतिमा अनुमोदन गर्न सरकारले पहल गरिरहेको छ । तर, सत्ता साझेदार दलहरू नै सम्झौताको विपक्षमा उभिएका छन् । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसबाहेक जनता समाजवादी पार्टी (जसपा) भित्र डा. बाबुराम भट्टराई समूह मात्र एमसीसी अनुमोदन गराउनु पर्ने पक्षमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा अबको दुई दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा जुट्नुभएको छ । संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गराउने देउवाको गृहकार्य छ । जसको तयारीस्वरूप उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) तथा सत्तासारथि दल नेकपा (माओवादी केन्द्र) का नेतृत्वसँग पनि छलफल गरिरहनु भएको छ ।

देउवालाई १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले साथ दिने वचन दिइसकेको छ । यसैबीच, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा उभिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् । ती दुई पार्टीले आफ्ना सांसदहरुलाई आजको वैठकमा अनिवार्य उपस्थिति हुन पनि भनेका छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082