arin enterprises

खानेपानीको बिल अब खल्तीबाटै

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २, सोमबार

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न लाइन बस्नुपर्ने झन्झटबाट अब मुक्त हुने भएको छ ।

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनु पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएका ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलेको छ ।

खल्ती डिजिटल  वालेटले काठमाडौं उपत्यका खानेपानीको बिल तिर्ने सुविधा प्रदान गरेपछि यस्तो झन्झटबाट मुक्त भएको हो ।

त्यति मात्र हैन, खल्तीबाट खानेपानीको बिल भुक्तानी समयमै गरी रिबेटरछुटको पनि ग्राहकले सुविधा पाउन सक्नेछन् । 

‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काका अनुसार २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्नु पर्नेछ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ।

खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौं अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटसहित ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी सेवा दिँदै आएको छ ।

Categorized in बिजनेस