टुँडिखेल बचाउन काठमाडौंमा र्याली
SamacharDesk – करुण राज | २०७६ कार्तिक २१, बिहिबार

टुँडिखेलमा विभिन्न बहानामा भईरहेको अतिक्रमण रोक्नुपर्ने मागसहित काठमाडौंमा र्याली निकालिएको छ ।
काठमाडौंको लगन दलाटिबाट निकालिएको र्यालीले काठमाडौंको दक्षिणी भेगको परिक्रमा गरेको थियो । दक्षिणी भेगतिरको भित्री बस्तीको परिक्रमा गर्दै पुनः दलाछिमै पुगेर र्याली सम्पन्न भएको थियो ।
साँस्कृतिक बाजागाजासहित निकालिएको र्यालीले ‘टुँडिखेल मास्न पाईँदैन, टुँडिखेल कसको जनताको’ लगायतका नारा लगाएको थियो ।
र्यालीले शनिबार अक्युपाई टुँडिखेल अभियानमा सहभागी हुन आम जन समुदायले आव्हान गरेको थियो ।
टुँडिखेलमा भइरकेको अतिक्रमण रोक्नुपर्ने मागसहित शनिबार विहान ८ बजेबाट टुँडिखेल वरपर मानव साङ्लो बनाइन लागेको छ । अक्युपाई टुँडिखेल नाम दिइएको यस अभियानमा ३ हजार बढिको सहभागीता रहने जनाइएको छ ।
Categorized in राष्ट्रिय