नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड
SamacharDesk – न्यूयोर्क सम्वाददाता | २०७६ कार्तिक २१, बिहिबार

योर्क शहरमा अध्ययनरत एक नेपाली महिला विद्यार्थीलाई सन् २०१९ को ‘एल. सी. यु. फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्रदान गरिएको छ ।
द एल. सी. यु. फन्ड फर वीमन एडुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई अवार्ड प्रदान गरेको हो । आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुकालागि सहयोग हुने काम गर्दै आएकाले श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेको हो ।
द एल. सी. यु. फन्ड फर वीमन एडुकेशनको अमेरिकामा १६० वर्षभन्दा पुरानो ईतिहास रहेको छ ।
श्रेष्ठले विगत १ वर्षभन्दा बढी समयदेखि आफ्नो श्रीमान् अनुज थापासँग मिलेर न्युयोर्कबाट ‘एट द इन्ड अफ द डे’ नामक साप्ताहिक पडकास्ट संचालन गरिरहेकी छिन् ।
पडकास्टमा अमेरिकामा रहेका नेपाली र गैरनेपाली आप्रवासी यूवा पुस्तालाई करियर बनाउन मार्गनिर्देश गर्ने खालका सामग्री प्रस्तुत गर्ने गरिएको छ । विभिन्न देशबाट अमेरिका बसाई सरेर आएका र आफ्नो करियरमा सफलता हासिल गरिरहेकाहरुसँग श्रेष्ठले पडकास्टमा अन्तर्वार्ता लिने गर्छिन् ।
‘यो पडकास्ट गर्नुको मुख्य उद्धेश्य नै यो देशमा आउने नयाँ पुस्तालाई यहाँ पनि आफ्नो करियरलाई निरन्तरता दिन सकिन्छ भनेर प्रोत्साहन दिनु हो’ श्रेष्ठले भनिन् । ‘मैले कहिले पनि सोचेकी थिइन कि यो पडकास्टको कामलाई यहाँको समाजले यत्तिको महत्व दिँदै आएको रहेछ, ।’
नेपालमा बीबीसी मिडिया एक्सन्मा ५ वर्षभन्दा बढी संचारकर्मीको रुपमा काम गरेकी श्रेष्ठ अमेरीकामा इन्टरनेशनल अफेयर्समा स्नात्तोकत्तर गरिरहेकी छिन् ।
अँंग्रेजी भाषामा प्रशारण हुने उनकोे पडकास्ट यूट्युबमा हेर्न सकिनेछ भने आइट्युन्स, स्पोटिफाइ लगायत १० भन्दा बढी पडकास्ट प्लाटफर्ममा सुन्न सकिन्छ ।
Categorized in राष्ट्रिय