arin enterprises

नेपाल–भारतबीच मल खरिदमा सम्झौता

SamacharDesk | २०७८ फाल्गुण १७, मंगलबार

काठमाडौं । रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ ।

सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सोमबार भर्चुअल मध्यमबाट दुई देशका अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । सम्झौतापत्रमा नेपालका तर्फबाट कृषि सचिव डा। गोविन्द शर्मा र भारतका तर्फबाट रासायनिक तथा मलखाद मन्त्रालयका सचिव राजेन्द्रकुमार चतुर्वेदीले हस्ताक्षर गर्नुभयो ।

नेपालले भारतबाट पाँच वर्षसम्म युरिया र डीएपी मल खरिद गर्ने सम्झौता भएको छ  । यस अवधिमा नेपालले भारतबाट नौ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्नेछस जसमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी हुने छ ।

जीटुजी माध्यमबाट भारतसँग मल खरिदका लागि विगत तीन वर्षदेखि प्रयास भइरहेको थियो । यस विषयमा दुई देशबीच पटक पटक छलफल भएको थियो । नेपालका तर्फबाट वार्षिक पाँच लाख मेट्रिक टन मल माग गरेको थियो । सुरुमा वार्षिक त्यति नै दिने सहमति भएको थियो तर कोरोना महामारी सुरु भएपछि भारतले वार्षिक पाँच लाख मेट्रिक टन मल दिन नसक्ने भनेपछि छलफलकै क्रममा पहिलो वर्ष एक लाख पचास हजार मेट्रिक टन दिने, त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने सहमति भएको मन्त्रालयका सचिव डा। गोविन्द शर्माले जानकारी दिनुभयो ।

सम्झौताबमोजिम पहिलो वर्ष एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डीएपी खरिद गरिनेछ भने दोस्रो वर्ष एक लाख १० हजार मेट्रिक टन युरिया, ६० हजार मेट्रिक टन डीएपी, तेस्रो वर्ष एक लाख १५ हजार मेट्रिक टन युरिया, ८० हजार मेट्रिक टन डीएपी, चौथो र पाँचौँ वर्ष दुई लाख ४० हजार युरिया मल खरिद गरिने मन्त्रालयले जनाएको छ ।

Categorized in बिजनेस