राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
SamacharDesk – बिराज | २०७७ चैत्र १०, मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फर्किनु भएको छ ।
राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन,बंगलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।
भ्रमणका क्रममा दुवै देशका राष्ट्राध्यक्षले विभिन्न चार विषयमा समझदारी गर्नुभएको छ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको बताउनुभयो ।
बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको एक सयौँ जन्मजयन्ती तथा त्यहाँको स्वतन्त्रताको ५० औँ वर्षगाँठका अवसरमा सहभागी हुन उहाँ हिजो प्रस्थान गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय