arin enterprises

विदेशी पैसासहित भारतीय पक्राउ

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ११, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानीलाई विभिन्न देशको पैसासहित पक्राउ परेका हुन् ।

प्रहरीले उनको झोलाबाट अमेरिकी डलर २० हजार १५०, नेपाली रुपैयाँ ३१ हजार ६००, इंगल्याण्ड पाउण्ड ५, जर्जिया लरी ५०, भारतीय रुपैयाँ १००, यूइई दिराम १ हजार ३५५लगायतका मुद्रा बरामद गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

Categorized in अपराध