arin enterprises

वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क कोरोना परीक्षण हुने

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १३, शुक्रबार

वैदेशिक रोजगारीमा जानेहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारले निर्णय गरेको छ ।

विदेश जाने टुंगो भएको प्रमाण पेश गरे सरकारले तोकेका ल्यावमा निःशुल्क कोरोना परीक्षण गर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्रीस्तरिय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण गर्ने जनाएको हो ।

यसअघि पीसीआर परीक्षणको शुल्क लिँदै आएकामा अब वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजपत्र लिएर जाने सबै व्यक्तिको निःशुल्क परीक्षण गरिने मन्त्रालयले जनाएको छ । जसका सरकारीतर्फ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र वीर अस्पताल रहेको छ ।

Categorized in राष्ट्रिय