शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ क्लब र संकटा बराबरीमा
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २, सोमबार

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार शहीद स्मारक ए डिभिजन लिगमा नेपाल एपीएफ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।
एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै एपीएफले १० खेल ११ अंक जोडेको छ ।
एपीएफ नवौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । हिजै भएको पहिलो खेलमा पनि न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् । यस बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । एनआरटी लिगको सातौं स्थान रहेको छ । हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स