सय किलो गाँजा बरामद
SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

चितवनको राप्ती नगरपालिका ८ स्थित कालिका सामुदायिक वनबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा आज प्रहरीले बरामद गरेको छ ।
सोही वनको टोलीले गस्ती गर्ने क्रममा वनभित्र उक्त परिमाणमा गाँजा फेला पारेको हो ।
अपरिचित व्यक्तिहरु बोरा बोकी जंगलभित्र फाली भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले झोला जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो ।
बोरा फालेर भाग्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध