arin enterprises

हङकङमा विमानको पांग्रा फुट्दा ११ जना घाइतो

SamacharDesk | २०८० आषाढ १०, आइतबार

हङकङबाट अमेरिकाको लस एञ्जलस जान लागेको क्याथे प्यासेफिकको बोइङ ७७७ विमानको पांग्रा फुट्दा ११ जना यात्रु घाइते भएका छन् ।

शनिबार हङकङ विमानस्थलबाट उड्ने क्रममा रनवेमै विमानको पांग्रा फुटेको हो ।

घाइते भएको ११ जना यात्रु मध्ये नौ जना सामान्य उपचारपछि घर फर्किएको छ भने दुई जनाको अहिले पनि अस्पतालमा उपचार भईरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाइएको छ ।

२ सय ९३ जना यात्रु र १७ जना चालक दल रहेको को पांग्रा फुटेपछि तत्काल विमान रोकेर आपत्कालिन उद्धार गरिएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय