arin enterprises

लागू औषध सहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

बाँके नेपालगंजमा एक युवकलाई २० ग्राम अवैध लागू औषधसहित प्रहरीले पक्राउ गरको छ । 

नेपालगंज उपमहानगरपालिका–१३ उधौपुरुवा बस्ने २२ वर्षीय ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार प्रहरीले पक्राउ गरेको हो । 

सोही स्थानको किसान इँटााभट्टामा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी दाङ, लमही नगरपालिका २ श्रीगाउँबाट ३९ ग्राम लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । 

कपिलबस्तु शिवराज नगरपालिका २ बस्ने ४० वर्षीय शालिक राम सारु मगर सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

सोही स्थानको ड्रिमल्याण्ड होटलमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा.१२ च २११६ नम्बरको गाडी सहित उनीहरुलाई पक्राउ गरेको हो । 

महोत्तरी, मनरा सिस्वा नगरपालिका १ बाट पनि २ सय एक बोतल कोरेक्स र ६ सय ट्याब्लेट नाईट्रोभेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा ज.७ प. ४३५६ नम्बरको मोटरसाइकलमा सवार सिस्वाकै सम्सी पोखरभिण्डा बस्ने ३० वर्षीय अनिल महतो र उनकै भाइ २६ वर्षीय अजय कुमार महतो रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई सो लागूऔषधसहित पक्राउ गरेको हो ।

ईलाम, माङसेबुङ गाउँपालिका ५ बस्ने १९ वर्षीय प्रेम राई र सोही ठाउँ बस्ने १७ वर्षीय किशोर पनि २ केजी अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो पक्राउ परेका छन् । 

प्रहरी चौकी पेल्टिमारी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चुलाचुली गाउँपालिका ५ स्थित झापा र ईलामको सिमानामा जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलामा उक्त गाँजा फेला पारेको हो । 

मोरङ, केराबारी गाउँपालिका ५ बस्ने २२ वर्षीय रुपेश राई लगायत ३ जनालाई लागूऔषध ९५ एम्पुल डाईजेल्याब, ९४ एम्पुल एभिल र ९७ एम्पुल लुपिजेसिक सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका ६ स्थित मुगु खोलाको पुलमा खटिएको ईलाका प्रहरी कार्यालय केराबारी र सशस्त्र प्रहरी बेस क्याम्प सलकपुरबाट खटिएको संयुक्त प्रहरीले को. १० प ७६९३ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनीहरु तीनै जनालाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Categorized in अपराध