arin enterprises

सल्यानमा सडक दुर्घटनामा १२ जनाको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ कार्तिक २२, सोमबार

सल्यानको कपुरकोटमा भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

सल्यान खलंगाबाट दाङ तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलास्थित सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ३ जनाको भने उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यान, ईलाका प्रहरी कार्यालय लुहाम, प्रहरी चौकी कपुरकोट र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले बसमा सवार अन्य २८ जनालाई उद्धार गरेको छ ।

उद्धार गरिएका घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल, शारदा मेट्रो अस्पताल, कान्तिपुर अस्पताल र परोपकार अस्पतालतर्फ लगिएको छ ।

बस चालक भने फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in समाज