arin enterprises

भागीरथी हत्या प्रकरणमा १६ वर्षीय किशोर पक्राउ

SamacharDesk – बिकाश | २०७७ फाल्गुण ५, बुधबार

बैतडीको भागिरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा एक १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

दोगडाकेदार गाउँपालिका–७ बस्ने १८ वर्षीया भागरथी भट्टलाई जबरजस्तीपछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका किशोरलाई सार्वजनिक गरिएको छ ।

गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी बेपत्ता भएकि थिइन् । स्कुल बिदा भएपछि घर नफर्केकी र फोन पनि स्वीच अफ भएपछि खोजी शुरु गरिएको थियो । खोजीको क्रममा माघ २२ गते दिउँसो सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडक छेउ भन्दा करिब ३० मिटर तल उनी मृत अवस्थामा फेला परेकी थिइन् ।

टाउकोमा चोट, घाँटीमा थिचिएको जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ भएको अवस्थामा उनको शव फेला परेको थियो ।

घटनाको सुक्ष्म अनुसन्धानको गर्दै जाने क्रममा उक्त १६ वर्षे किशोरले भागीरथीको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सोही स्कुलमा पढ्दै गरेका अभियुक्त भागरथीलाई मार्ने उद्देश्यले घटनास्थल माथि रहेको सडकमा कुरेरै बसी भागरथी आई पुगेपछि सडक भन्दा तलतर्फ धकेली हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

हत्याभन्दा अघि स्कूलमा अन्तिम कक्षा नपढी साथीहरुसँग खोचलेकतर्फ गइ साथीहरुलाई त्यतै छोडी आफू एक्लै चडेपानीस्थित आफ्नो घरतर्फ हिँडेको र हिँड्दै जाने क्रममा सो सडक पुगेर भागीरथीलाई कुरेर बसेको देखिन आएको प्रहरीले जनाएको छ ।

किशोर उपर जिल्ला अदालत बैतडीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भागिरथीको बलात्कारपछि हत्या प्रकरणपछि दोषिमाथि कडा कारवाहीको मागसहित देशैभरिबाट आवाज उठ्न थालेको थियो ।

Categorized in अपराध