arin enterprises

दक्षिण अफ्रिकामा हैजाले १७ जनाको मृत्यु

SamacharDesk | २०८० जेठ ११, बिहिबार

दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ ।

राजधानी प्रिटोरियाको उत्तरी भाग स्थित ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्थानिय स्वास्थ्य विभागले जनाएको हो ।

विभागले विज्ञप्ति जारी गर्दै अहिलेसम्म २९ जनामा हैजाका जिवाणु भेटिएको र ती मध्य १७ जनाले ज्यान गुमाइ सकेको बताएको छ ।

स्थानीय सरकारले हैजा नियन्त्रणका लागि सर्तकता अपनाउन अपील गरेको छ ।

दक्षिण अफ्रिकामा गत फेब्रुअरीमा पनि २ जनामा हैजा फेला परेको थियो भने हैजाकै कारण १ जनाको मृत्यु भएको थियो ।

अहिले पनि सोहि क्षेत्रमा २९ जनामा हैजाको जिवाणु भेटिएको हो ।

Categorized in अन्तर्राष्ट्रिय