arin enterprises

प्रथम आइजिपि स्कुल लेवल नेशनल तेक्वान्डो च्याम्पियनसिप शुरू

SamacharDesk – समाचारडेस्क स्पाेर्ट्स रिपाेर्टर | २०८१ फाल्गुण १६, शुक्रबार

प्रथम आइजिपि स्कुल लेवल नेशनल तेक्वान्डो च्याम्पियनसिप–२०८१ शुरू भएको छ ।

नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४७ वटा विद्यालय र डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको छ ।

प्रतियोगीता शनिबार सम्पन्न हुने बताइएको छ ।

Categorized in स्पाेर्ट्स