अवैध ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ जेठ २५, मंगलबार

काठमाडौंको सानो भर्याङ्गबाट अवैध ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौं थानकोट बस्ने भारत उत्तर प्रदेश वालियाका २४ वर्षीय रोशन जैसवालसमेत २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई नागार्जुन नगरपालिका–२ सानो भर्याङ्गस्थित टहराबाट पक्राउ गरेको हो ।
उक्त टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गर्ने गरेको खबर पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट प्रहरी टोली उतातिर खटिएको थियो ।
टहरामा खानतलासी गर्ने क्रममा प्रहरीले एक सय मिलिलिटरको ९३५ थान, ५ सय मिलिलिटरको ३ हजार ८८० थान र ५ लिटरको ग्यालेन ९६ थान ह्याण्ड स्यानिटाईजर बरामद गरेको छ ।
यस सम्वन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले बताएको छ ।
Categorized in अपराध